भारतीय टेस्ट क्रिकेट टोलीको कप्तानबाट कोहलीको राजीनामा
मेरोन्यूज
२०७८ माघ १ गते २१:१५

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलामा लज्जास्पद हार बेहोरेपछि विराट कोहलीले भारतीय टेस्ट क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले कप्तान पदबाट राजीनामाको घोषणा गरेका हुन् । आफू सधैँ हरेक चिजमा १२० प्रतिशत योगदान दिन चाहने तर त्यो हुन नसक्ने आफू गलत हुने कोहलीले स्पष्ट गरेका छन् ।
‘म सधैँ हरेक चिजमा १२० प्रतिशत योगदान दिन चाहन्छु । यदि मैले त्यो गर्न सकिनँ भने गलत हुन्छु । म यो कुरालाई लिएर स्पष्ट छु र आफ्नो टोलीसँग बेइमानी गर्न सक्दिनँ ।’– कोहलीले विज्ञप्तिमा भनेका छन् ।
आफू पराजय भएको यो समय नै टेस्ट टोलीको कप्तानको रूपमा रोकिनुपर्ने समय भएको उनले बताएका छन् ।
कोहलीले टी २० विश्वकप सुरु हुन अघि नै कप्तानी छाडेका थिए भने दक्षिण अफ्रिकाको शृङ्खला अघि उनलाई एकदिवसीय कप्तानबाट हटाइएको थियो ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया