नेपाली सेनाको स्वास्थ्य शिविरबाट २६३ लाभान्वित

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका ३ लेतेमा आज सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट करिब २६३ जना लाभान्वित भएका छन् । थासाङ गाउँपालिका, जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय र जोमसोम अस्पतालसँग थासाङ गाउँपालिकाका बासिन्दालाई लक्ष्य गरेर प्राथमिक स्वास्थ्य केन्द्र लेतेमा शिविर आयोजना गरिएको थियो ।
शिविरमा १५० जनाले नेत्ररोग, ३७ जनाले बालरोग, ३० जनाले पाठेघर, ३२ जनाले दन्तरोग र ८४ जनाले भिडियो एक्सरे सेवा लिएका थासाङ गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक सीताराम कार्कीले जानकारी दिए ।
बिरामीको स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिइएको थियो । नेपाली सेनाका विशेषज्ञ चिकित्सक, जोमसोम अस्पताल, थासाङ गाउँपालिका र लेते प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले सेवा दिए । टुकुचे, कोबाङ, लेते, कुञ्जो र घाँसाका बासिन्दाले शिविरबाट सेवा लिएका थिए ।
शिविरमा आएका बिरामीका लागि थासाङ गाउँपालिकाले यातायात र खानाखाजाको व्यवस्था मिलाएको थियो । शिविरमा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिने उपायका विषयमा सर्वसाधारणलाई सचेतनामूलक कार्यक्रम गरिएको थियो ।
















बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया