नेपाली सेनाको स्वास्थ्य शिविरबाट २६३ लाभान्वित

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका ३ लेतेमा आज सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट करिब २६३ जना लाभान्वित भएका छन् । थासाङ गाउँपालिका, जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय र जोमसोम अस्पतालसँग थासाङ गाउँपालिकाका बासिन्दालाई लक्ष्य गरेर प्राथमिक स्वास्थ्य केन्द्र लेतेमा शिविर आयोजना गरिएको थियो ।
शिविरमा १५० जनाले नेत्ररोग, ३७ जनाले बालरोग, ३० जनाले पाठेघर, ३२ जनाले दन्तरोग र ८४ जनाले भिडियो एक्सरे सेवा लिएका थासाङ गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक सीताराम कार्कीले जानकारी दिए ।
बिरामीको स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिइएको थियो । नेपाली सेनाका विशेषज्ञ चिकित्सक, जोमसोम अस्पताल, थासाङ गाउँपालिका र लेते प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले सेवा दिए । टुकुचे, कोबाङ, लेते, कुञ्जो र घाँसाका बासिन्दाले शिविरबाट सेवा लिएका थिए ।
शिविरमा आएका बिरामीका लागि थासाङ गाउँपालिकाले यातायात र खानाखाजाको व्यवस्था मिलाएको थियो । शिविरमा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिने उपायका विषयमा सर्वसाधारणलाई सचेतनामूलक कार्यक्रम गरिएको थियो ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया