आजदेखि बुस्टर डोज खोप दिने, कस्ले पाउँछन् ?

काठमाडौँ । आजदेखि कोरोना भाइरस (कोभिड–१९)विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा खटिएकाहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन निर्देशन गरेको छ ।
सोहीअनुरुप आजदेखि अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी तथा स्वास्थ्यसँग सम्बन्धित सबैलाई बुस्टर डोज दिने भएको छ । यस्तै, सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिने भएको छ ।
क्यान्सर, अंग प्रत्यारोपण, एचआईभी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामीहरुलाई समेत दोस्रो चरणमा बुस्टर डोज दिने तयारी छ ।
बुस्टर डोज पाउन पूर्ण मात्रामा खोप लगाएको ६ महिना पूरा भएको हुनु पर्ने छ ।
















वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया