बिहीबार, वैशाख १०, २०८३

सुर्खेतमा लागू औषधसहित १० पक्राउ

मेरोन्यूज २०७८ माघ २ गते ९:४७

काठमाडौँ । वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतस्थित बुलबुले भ्यू टू होटेलबाट लागू औषधसहित १० पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागू औषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार ६३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, चार ग्राम चरेस र ३२ ग्राम गाँजाको धुलोसहित सो होटेलबाट १० व्यक्तिलाई पक्राउ गरेको हो ।

Advertisement
NiccNicc

होटेलको कोठा नं २०६, २०३ र वीरेन्द्रनगर बजार एरिचोकमा लागू औषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले जाँच गर्दा लागू औषध भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतका २५ वर्षीय युवराज ढकाल, ३ बस्ने २२ वर्षीय कमल डाँगी र ३० वर्षीय सुमन खत्री, ४ बस्ने २४ वर्षीय सुजन शर्मा र २३ वर्षीय रञ्जीत खड्का रहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।

त्यस्तै, नारायण नगरपालिका ८ दैलेखका २३ वर्षीय दीपक थापा र क्षितिज शाही, ११ बस्ने २९ वर्षीय सागर चन्द, डुंगेश्वर गाउँपालिका १ दैलेखका २४ वर्षीय डम्बर खड्का, महावै गाउँपालिका ३ कालीकोटका २२ वर्षीय जीवन सिंहलाई समेत पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया