आजदेखि काठमाडौँका १७ ठाउँबाट कोरोनाको बुस्टर डोज

काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको छ । आइतबारबाट लगाउने भनिएको भए बुस्टर डोज काठमाडौंमा सोमबारबाट लगाउन थालिने भएको छ ।
बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध हुने सरकारले जनाएको छ । सोमबारबाट काठमाडौंका १७ स्थानमा खोप लगाउन जनाइएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अहिले खोप सञ्चालन भइरहेका काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने छ । जिल्ला खोप व्यवस्थापन एवं समन्वय समितिको बैठकले सोमबारदेखि चालु खोप केन्द्रबाटै बुस्टर डोज लगाउन मिल्ने गरी निर्णय गरेको छ ।
काठमाडौंमा टेकु अस्पताल, प्रहरी अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुती गृह थापाथलीलगायत स्थानमा बुस्टर डोज लगाउन सकिने जनाइएको छ ।
बुस्टर डोज लगाउनका लागि यसअघि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा गरेको हुनुपर्ने छ । यसअघि जुन खोप लगाइएको थियो बस्टर पनि सोही खोपको मात्रा लगाउनु पर्ने छ ।
















बिपी राजमार्ग: जानकारी लिएर मात्र यात्रा गर्न आग्रह
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया