एकैदिन थपिए ६,७३४ कोरोना संक्रमित, तीन जनाको मृत्यु
मेरोन्यूज
२०७८ माघ ३ गते १६:५३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको परीक्षण गर्दा ६ हजार ७३४ जनामा संक्रमण पुष्टी भएको हो ।
सोमबार पिसिआर परीक्षणबाट ५ हजार ७४७ र एन्टिजेन परीक्षणबाट ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर ३० हजार ८ सय ७७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा ५ सय ४७ जना कोरोनामुक्त भएका छन् ।
यसैबीच, काठमाडौं उपत्यकामा सोमवार ३ हजार ९३९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन् ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया