रामकुमारी झाँक्री मन्त्री भएको एक सय दिन पुग्यो, यस्ता छन् उपलब्धि

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले सहरी विकास मन्त्रालय सम्हालेको एक सय दिन पूरा भएको छ ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सहरी पूर्वाधारसम्बन्धी कानुन निर्माण र नीति सुधारमा कार्यभार सम्हालेको एक सय दिनमा दिनमा उल्लेखनीय काम भएको बताएकी छन् ।
झाँक्रीले मन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिन पूरा भएका अवसरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले सहरी नीति संशोधन अन्तिम चरणमा पुगेको बताइन् ।
मस्यौदा तयार भएको सहरी विकास विधेयकमा युटिलिटी कोरिडोरको विषय पनि राखेर अन्तिम रुप दिई संसद्को चालु अधिवेशनमै दर्ता गर्न लागिएको मन्त्री झाँक्रीले जानकारी दिइन् ।
नगर विकास कोषको सङ्गठन संरचनालाई नयाँ स्वरुपमा परिवर्तन गर्न लागिएको जानकारी पनि उनले दिए ।
काठमाडौँ उपत्यकाको सभ्यताको स्रोतका रुपमा रहेको वाग्मती नदीलाई स्वच्छ र सफा बनाउने अभियानमा पनि मन्त्रालय जुटेको मन्त्री झाँक्रीको भनाइ थियो ।
‘वाग्मतीको नयाँ गुरुयोजना बनाउन आवश्यक छ, वाग्मती नदीलाई स्वच्छ बनाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको विधेयक मस्यौदा पनि अन्तिम चरणमा पुगेको छ, धापमा निर्माण भएको जलाशयमा यसै वर्षको वर्षादेखि पानी जम्मा गरी वाग्मतीमा हिउँदमा पनि बहाव बढाउने तयारी भएको छ’, उनले भनिन् ।
नेपाल आवास कम्पनी लिमिटेडको प्रबन्धपत्र र नियमावली संशोधन गरेर नयाँ स्वरुप दिने गृहकार्य पनि मन्त्रालयले अघि सारेको छ । लिमिटेडको जग्गामा बसेका १२ हजार ६६० परिवारलाई जग्गाको पुर्जा दिने क्रममा १०० परिवार लाभान्वित भइसकेका छन् । बाँकी परिवारलाई पनि दिने तयारीमा मन्त्रालय लागेको छ ।
दुई वर्षदेखि बैठकसमेत बस्न नसकेको काठमाडौँ उपत्यका विकास प्राधिकरण भौतिक विकास समितिका बैठक बसी उपत्यकामा चार नयाँ सहर निर्माणको काम अघि बढाउने निर्णय गरिएको छ । समितिको अर्को बैठक बाहिरी चक्रपथ निर्माणको कामसमेत अघि बढाउने तयारी भएको छ ।
संविधानमा पहिलोपटक समावेश भएको आवासको हक कार्यान्वयनका लागि पनि मन्त्रालयले काम गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा अधिकार सम्पन्न वाग्मती समितिका आयोजना निर्देशक नवराज प्याकुरेलले नदीको सार्वजनिक क्षेत्रमा अतिक्रमण बढेकाले निर्मम रुपमा प्रस्तुत हुन लागेको बताए । नदी किनारमा अव्यवस्थित रुपमा बसेका सुकुम्वासीलाई व्यवस्थित गर्न लागिएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले तीनमहिने अवधिमा राउटेलाई आवास निर्माणको सुरुआतदेखि प्रधानमन्त्री निवासको काम सम्पन्न गरेर प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ निवासमा सरेको प्रसङ्गसमेत उपलब्धिका रुपमा रहेको बताए ।










समानुपातिक उम्मेदवार बन्न पाउने र नपाउने : यस्ता छन् मापदण्ड
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया