उदयपुरमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । उदयपुरमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कटारीबाट मरूवा जाँदै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो कटारी नगरपालिका–८ बिजुलेस्थित सिद्धिचरण राजमार्गमा आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।
सोमबार दिउँसो अपराह्न ५ बजे कटारी नगरपालिका–८ बिजुलेस्थित सिद्धिचरण राजमार्गमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
दुर्घटनामा परि पाँच जना घाइते समेत भएका छन् ।
दुर्घटनाबाट कटारी नगरपालिका–८ पाखाटोल बस्ने ३८ वर्षीय बिक्रम रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका रानामगरलाई सुरूमा कटारी अस्पताल लगिएको थियो । त्यहीँ उनको उपचारको क्रममा मृत्यु भएको हो ।
पट्नाभञ्ज्याङ बस्ने ३० वर्षीया दिलमाया मगर, १७ वर्षीय मनोज खड्का, ७ वर्षीय दिवस श्रेष्ठ, ४८ वर्षीय बुद्धमाया र ३६ वर्षीय बेदकुमारी थापा मगर घाइते छन् । घाइते सबैको कटारी अस्पतालमा उपचार भइरहेको छ ।
फरार रहेका बोलेरो गाडीका चालक कटारी नगरपालिका–८ बस्ने २६ वर्षीय प्रेमबहादुर श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
















बागमती मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया