नक्कली नोट कारोबारमा संलग्न दुई जना पक्राउ
मेरोन्यूज
२०७८ माघ ४ गते ८:५०
महोत्तरी । महोत्तरीमा स्रोत नखुलेको ३० लाखसहित एक जना पक्राउ परेको १२ घण्टा नबित्दै नक्कली नोट कारोबारमा संलग्नको आशंकामा फेरि दुई जना पक्राउ परेका छन् ।
नोटको साइजमा काटिएका कागज र केही रकमसहित लक्ष्मिनियाका असरफ मोहम्मद र जनकपुर उपमहानगरपालिका ६ का मोजहिद रेजा भिठ्ठामोड–जलेश्वरबाट पक्राउ परेका हुन् । भारतबाट नेपाल आउदै गरेको बा २१ च ६७६१ नम्बरको कार जाँच गर्दा उनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
पक्राउ परेका दुवै जना नक्कली नोट कारोबारमा संलग्न हुन सक्ने आशंका प्रहरीको छ । प्रहरीका अनुसार उनीहरूको साथबाट अगाडिपछाडि १–१ हजार राखेर र बीचमा खाली पेपर राखेको ५ बण्डल, ५ सयको नोटमा त्यसैगरी राखिएको ४९४ बण्डल जफत गरिएको छ । अन्य साइजमा कटिङ्ग गरिएको ठूलो कागज पनि जफत भएको छ ।
सम्बन्धित












अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया