सोमबार, चैत २, २०८२

बसबाट खसेर एक जनाको मृत्यु

मेरोन्यूज २०७८ माघ ४ गते १२:१४

काठमाडौँ । उदयपुरमा हिँडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ । उदयपुरगढीबाट गाइघाट आउँदै गरेको ना ३ ख ६९४४ नम्बरको बसबाट उदयपुरगढी गाउँपालिका ५ मा खसेर यात्रुको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

उदयपुरगढी गाउँपालिका ५ का ५० वर्षीय कृष्णबहादुर राईको मृत्यु भएको हो । गुडिरहेको बसबाट खसेका राईको बसको पछाडिको टायरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

बसका चालक रौतामाई गाउँपालिका ७ का राजन राउतलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया