कोरोना नियन्त्रण गर्न बारअनुसार सेवा सुरु
काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले बैतडीले स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ को पछिल्लो नयाँ रुप ओमिक्रोनको संक्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपालो सेवा दिने भएको हो । यही माघ ७ गतेदेखि लागू हुने गरी पालिकाका नागरिकलाई बारअनुसार सेवा दिइने कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिका, सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिका, मंगलबार दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिका, बुधबार सुर्नया गाउँपालिका, बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकलाई सेवा दिइने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालय हाटबाटै नागरिकता प्रदान गरिने छ ।
प्रशासनमा सेवा लिन आउँदा खोपको पूर्ण मात्र लगाएको कार्ड वा कार्डको फोटो खिचेर ल्याउनु पर्ने तथा स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्ने छ । कोरोनाको जोखिम बढ्दै गएपछि २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन प्रशासनले सूचनामार्फत आग्रह गरेको छ ।
स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई एक हप्ताभित्र खोप लगाइसक्नु पर्ने र त्यसको लागि कार्यतालिका बनाएर कार्यान्वयन गर्नु पर्ने सूचनामा उल्लेख छ । जिल्लामा हालसम्म कोरोनाबाट १९ जनाको ज्यान गइसकेको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया