कोरोनाको जोखिममा काठमाडौं उपत्यका
उपत्यकाका धार्मिकस्थलमा नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक
माघ १५ सम्म सिनेमा हल, डान्सवार, दोहोरी, नाचघर लगायत सञ्चालन गर्न नपाइने

काठमाडौँ । समुदायस्तरमा कोरोना संक्रमणको जोखिम वढन थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाउने निर्णय लिएका छन् ।
संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जारी गरेको वक्तब्यमा उल्लेख गरिएको छ । अहिलेलाई यो रोक माघ मसान्तसम्म लागू हुनेछ ।
सवै प्रकारका आमसभा, जुलुस, सभा भेला वा धेरै मानिस सहभागी हुने कार्यक्रमहरु माघ मसान्त सम्म सञ्चालन गर्न नपाइने, गोष्ठि भेला सेमिनार गर्ने परेमा भर्चुअल माध्यमवाट गर्नुपर्ने जिप्रका ललितपुरले जनाएको छ ।
सिनेमा हल र डान्सवार वन्द
तिन वटै जिल्ला प्रशासन कार्यालयले सिनेमा हल, डान्सवार माघ १५ गतेसम्म वन्द गर्ने निर्णय पनि गरेको छ । दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव,जिमखाना, स्वीमिड पुल, फुटसल, पटेक हाटबजार पनि माघ १५ गतेसम्म सञ्चालन गर्न नपाइने गरी रोक लगाएको छ ।
माघ ७ गते देखि उपत्यकाका सवै सार्वजनिक सेवा लिनका लागि अनिवार्य खोपकार्ड अनिवार्य गर्ने र मास्क प्रयोग नगर्ने ब्यीक्तलाई सार्वजनिक यातायातामा प्रवेश निषेध गर्ने निर्णय पनि उपत्यकाका तिन वटै जिल्ला प्रशासन कार्यालयले गरेको छ ।


















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया