मंगलबार, पुष ८, २०८२

आठ जिल्लालाई मात्रै मधेस प्रदेश बनाएको भन्दै प्रदेश सांसदको पुत्लादहन

मेरोन्यूज २०७८ माघ ४ गते १५:३२

काठमाडौं । प्रदेश २ का ८ जिल्लालाई मात्रै समेटेर मधेस प्रदेश बनाएको भन्दै जनकपुरमा युवाहरुले प्रदेस सांसहरुको पुत्ला जलाएका छन् ।

तराई मधेसको सिङ्गो २२ जिल्लालाइ समेटेर मधेस प्रदेश बनाउनुपर्नेमा ८ जिल्लालाई मात्रै मधेस प्रदेश बनाइएको भन्दे उनीहरुले विरोध जनाएका हुन् ।

आक्रोशित केही युवाहरुले जनकपुरमा प्रदर्शन गर्दै प्रदेश सांसदहरुको पुत्ला जलाएका छन् । उनीहरुले ८ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई पनि मधेस प्रदेशले समाप्त गरेको आरोप लगाए ।

पुत्लादोहन कार्यक्रममा उनीहरुले प्रदेश सांसदहरुविरुद्ध नाराबाजी गरेको थिए । प्रदेश सरकारले भने प्रदेशको स्थायी राजधानी र प्रदेशको नाम टुंगिएको भन्दै खुशीयाली रुवरुप मंगलबार प्रदेशमा सार्वजनिक विदा दिएको छ ।

यस्तै, बुधबार पनि मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । बुधबार बलिदान दिवसका रुपमा मनाइने भएकाले प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया