आठ जिल्लालाई मात्रै मधेस प्रदेश बनाएको भन्दै प्रदेश सांसदको पुत्लादहन

काठमाडौं । प्रदेश २ का ८ जिल्लालाई मात्रै समेटेर मधेस प्रदेश बनाएको भन्दै जनकपुरमा युवाहरुले प्रदेस सांसहरुको पुत्ला जलाएका छन् ।
तराई मधेसको सिङ्गो २२ जिल्लालाइ समेटेर मधेस प्रदेश बनाउनुपर्नेमा ८ जिल्लालाई मात्रै मधेस प्रदेश बनाइएको भन्दे उनीहरुले विरोध जनाएका हुन् ।
आक्रोशित केही युवाहरुले जनकपुरमा प्रदर्शन गर्दै प्रदेश सांसदहरुको पुत्ला जलाएका छन् । उनीहरुले ८ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई पनि मधेस प्रदेशले समाप्त गरेको आरोप लगाए ।
पुत्लादोहन कार्यक्रममा उनीहरुले प्रदेश सांसदहरुविरुद्ध नाराबाजी गरेको थिए । प्रदेश सरकारले भने प्रदेशको स्थायी राजधानी र प्रदेशको नाम टुंगिएको भन्दै खुशीयाली रुवरुप मंगलबार प्रदेशमा सार्वजनिक विदा दिएको छ ।
यस्तै, बुधबार पनि मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । बुधबार बलिदान दिवसका रुपमा मनाइने भएकाले प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ ।
















सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया