श्रेष्ठले गिनिज बुकमा नाम लेखाए

काठमाडौं । विश्वमै पहिलो पटक लामो समय पानीमाथि पद्माशन गरेर नेपाली युवाले विश्व कीर्तिमान राख्न सफल भएका छन् ।
वाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षा सम्बन्धि कार्यक्रम सञ्चालन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड दर्ता गराउन सफल भएका हुन् ।
सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ले श्रेष्ठलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे ।
मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री गहतराजले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।
सन् २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रमको सञ्चालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथि पद्माशन गरेका थिए ।
यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिए ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया