काठमाडौंमा मात्रै एकै दिन ५ हजार बढी संक्रमित

काठमाडौं । काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ५ हजार ५ सय ४९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा चार हजार चार, ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर कूल परीक्षणको ४४.९ प्रतिशत संक्रमण पुष्टि भएकामा उपत्यकामा मात्रै २४.३ प्रतिशतमा कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।
हाल काठमाडौंमा १७ हजार ७०९ जना कोरोनाका सक्रिय संक्रमित छन् भने ललितपुरमा ४ हजार ४७१ र भक्तपुरमा २ हजार २९६ गरी कूल २४ हजार ४७६ जना सक्रिय संक्रमित छन् ।
यस्तै आज देशभर १० हजार २५८ जनामा कोरोना संक्रमण भएको छ । कोरोना महामारी सुरु भएयता एक दिनमै संक्रमण भएको यो संख्या सबैभन्दा धेरै हो । आज २२ हजार ८२८ को नमुना परीक्षण गर्दा १० हजार २५८ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आज थपिएका संगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ। आजसम्म नेपालमा कूल ९ लाख ७२ हजार १९८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया