गृहमन्त्री खाँणले भूकम्पले क्षतिग्रस्त संरचनाबारे जानकारी लिए

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले भूकम्पले क्षतिग्रस्त पुरातात्विक संरचनाको पुननिर्माणको अवस्थाबारे सरोकारवाला निकायसँग जानकारी लिएका छन् ।
मंगलबार गृह मन्त्रालयमा भएको बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, गसठी संस्थानका अध्यक्ष पुण्य भुसाल, सिएलपीआइयुका कोषनाथ अधिकारीसँग भुकम्पले क्षति भएका पुरातात्विक संरचनाको पुननिर्माणबारे जानकारी लिएका हुन् ।
बैठकमा भुकम्पले क्षति पु¥याएका पुरातात्विक संरचनाको पुनर्निमाण अहिलेसम्म कति सम्पन्न भयो, कति निर्माणको प्रक्रियामा छन र पुनर्निमाण सम्पन्न गर्न बाँकी संरचना निर्माण गर्न के के योजना छन् भन्नेबारेमा मन्त्री खाणले जिज्ञासा राखेका थिए ।
बैठकका सहभागीहरूले गृहमन्त्री खाणलाई अहिलेसम्म भए गरेका काम र आगामी दिनमा गर्ने योजना रहेका कामबारे जानकारी गराएका थिए ।
गृहमन्त्री खाणले भुकम्पबाट क्षतिग्रस्त पुरातात्विक संरचना पुननिर्माणमा मौलिकता हराउन नहुँने भन्दै मौलिकता झल्किनेगरी निर्माण गर्न निर्देशन दिए ।
भूकम्प गएको लामो समयसम्म पनि टेका लगाएका घर र संरचनाहरू देखिएका भन्दै अब छिटो ती संरचनाको पुनर्निमाण सक्न निर्देशन दिँदै मन्त्री खाँणले सरकारले त्यसका लागि गर्नुपर्ने कामकाबारेमा जानकारी दिन आग्रह गरे ।
उनले मूर्तिहरू चोरिने क्रम रोक्नलाई सुरक्षाको प्रबन्ध मिलाउन सरकार तयार रहेको बताए ।
छलफलमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल पनि सहभागी थिए ।
बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले पुरातात्विक संरचना पुननिर्माणको काम स्थानीयलाई दिएमा चाँडै र राम्रोसँग निर्माण हुने ललितपुरमा पुनर्निमाण गर्दाको अनुभवबाट आफूले बुझेको बताए ।
उनले ललितपुरका पुरातात्विक संरचना निर्माण गर्दा टेण्डर गर्न हुन्न भन्ने पाठ आफूले सिकेको पनि उल्लेख गरे ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया