फुटबलको राष्ट्रिय टीमको प्रशिक्षण सुरु

काठमाडौँ । काठमाडौँ मंगलबारबाट फुटबलको राष्ट्रिय टीमको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरुभएको हो ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए ।
फिफा विन्डोमा हुने मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आजबाट प्रशिक्षण सुरु गरेको छ ।
मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेको क्याम्पमा पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा सबै खेलाडी भने उपस्थित हुन सकेनन् । फिफा विन्डोमा नेपालले मोरिसससँग दुई वटा मैत्रीपुर्ण खेल खेल्ने भएकोले खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइए हो ।
नेपाल र मोरिससबीच दशरथ रंगशालामा माघ १५ र १८ गते दुई मैत्रीपूर्ण खेल हुने तालिका रहेको छ । काठमाडौँमा नै जारि रहेको ए डिभिजन लिगको नवौ चरण सोमबार सकिएको छ ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि छानिएका र जारि लिगमा विभिन्न क्लबमा आबद्ध भएर खेलिरहेका खेलाडीहरु पनि बन्द प्रशिक्षणमा पुगेका छन् । मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीले सहायक प्रशिक्षकका रुपमा संकटा क्लवका मुख्य प्रशिक्षक विष्णु गुरुङलाई बोलाएका छन् ।
मोरिससविरुद्धको दुई मैत्रीपुर्ण खेलका लागि उनलाई अब्दुल्लाहले दोस्रो सहायक प्रशिक्षकका रुपमा टिममा बोलाएका हुन । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्बाददाताहरु सँग कुरागर्दै मुख्य प्रशिक्षक अल्मुताइरीले मौरिसस बिरुद्ध खेल्न तयारी अवस्थामा रहेको प्रतिक्रिया दिएका छन् ।
मौरिसस बिरुद्धको खेलमा केहि नयाँ खेलाडीलाई मौका दिने जानकारी पनि मुख्य प्रशिक्षक अल्मुताइरीले दिएका छन् ।
यस्तै सहायक प्रशिक्षकको रुपमा जिम्मेवारी पाएका विष्णु गुरुङले आफुले पाएको मौकाको भरपुर सदुपयोग गरेर आफुलाई र खेललाई अझ निखार्ने बताएका छन ।
यो पटकको प्रशिक्षणमा चोटबाट मुक्त भएर फर्किएका विमल घर्तिमगरसँगै लामो समयदेखि अष्ट्रेलियामा रहेका जगजित श्रेष्ठले पनि कमब्याक गरेका छन । जसमा जगजितले राष्ट्रिय टिममा फर्किने अन्तिम अवसर हुन सक्ने बताएका छन् । तर नेपालमा बढ्दै गएको कोभिड संक्रमणका कारण यो खेल हुने नहुने अनिश्चित छ । सरकारले जारि गरेको निषेधाज्ञा र बढ्दो संक्रमणको जोखिम बीच खेल खेलाउनु आफैमा जोखिम पनि हो ।
यस्तै, नेपाली फुटबल टिमले मंगलबारबाट प्रशिक्षण सुरु गरे पनि कोरोना संक्रमण भएका खेलाडीहरु निको भएर आए पछि सम्पूर्ण टीमको प्रशिक्षण गर्ने एन्फाको तयारी छ ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया