बुधबार, वैशाख ३१, २०८२

आज हिमपातको सम्भावना, भोलि सातै प्रदेशमा वर्षाको आँकलन

मेरोन्यूज २०७८ माघ ५ गते ६:४२

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै स्थानमा हुस्सुकुहिरो लागेको छ ।

दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि भने सातै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

प्रतिक्रिया