एमालेले रोक्यो पार्टीका सबै कार्यक्रम

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी र जनवर्गीय संगठनहरुका सवैजसो कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरस को महामारी पुनः बढेको सन्दर्भमलाई मध्यनजर गरेर उसले पार्टी र जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको जनाएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई पत्राचार गर्दै त्यस्ता कार्यक्रम हाललाई स्थगित गर्न निर्देशन गरेका हुन् । अध्यक्ष केपी ओलीको निर्देशनमा सचिव अधिकारीले मतहातका पार्टी कमिटिलाई त्यस्तो सर्कुलर गरेका हुन् ।
कोभिड १९ को तेस्रो लहरसम्बन्धी नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर मातहतका पार्टीका कार्यालय सञ्चालन गर्न पनि अधिकारीले सर्कुलरमार्फत आग्रह गरेका छन् ।
पार्टीका आन्तरिक बैठक, भेला, छलफल जस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाई आयोजना गर्न र स्थानीय नेता–कार्यकर्ता र जनप्रतिनिधिले महामारी विरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि एमालेले आग्रह गरेको छ ।
एमालेले यही माघभित्र सबै प्रदेशमा अधिवेशन र आगामी फागुन मसान्तभित्र जनसङ्गठनका महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना बनाएको थियो । तर अव ति सवै कार्यक्रम प्रभाविन बनेको छ । गत पुस २३ गते हुन नसकेका जिल्ला अधिवेशनहरु करीब २० जिल्लाको अधिवेशन पनि पर सरेको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया