विश्वकै सबैभन्दा जेठो व्यक्तिको निधन
मेरोन्यूज
२०७८ माघ ५ गते १०:२४

एजेन्सी, लन्डन । विश्वकै सबैभन्दा जेठो ब्यक्तिको निधन भएको छ । जेष्ठ ब्यक्ति स्पानियार्ड सातुर्निनो डि ला फ्ल्युटी ग्रार्सियाको मृत्यु भएको हो । उनको ११२ वर्ष ३४१ दिनमा मृत्यु भएको गिनिजि वल्र्ड रेकर्डले जनाएको छ ।
उनी ११२ वर्ष २११ दिन पुरा भएपछि विश्वकै सबैभन्दा जेष्ठ व्यक्ति घोषित भएका थिए । अर्को महिना उनले आफ्नो ११३ औ जन्म दिन मनाउने योजनामा थिए ।
चार फिट नौ इन्च अग्ला स्पानिर्याडको जन्म सन् १९०९ को फेब्रुवरीमा पोन्टे कास्ट्रोको लियोनमा भएको थियो । उनी पेसाले जुत्ता व्यापारी थिए । उनका साता छोराछोरी, १४ नातिनातिना र २२ पनाति छन् ।
गिनिजि वल्र्ड रेकर्डका अनुसार जीन लुइस कालमेन्ट अहिलेसम्म रेकर्ड भएकामध्ये सबैभन्दा बढी समय बाँच्ने व्यक्ति हुन् । उनको १२२ वर्षको उमेरमा मृत्यु भएको थियो ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया