बिहीबार, वैशाख १०, २०८३

धनुषामा लुटेराको आक्रमणमा असई घाइते, टाउँकोमा १२ टाँका

मेरोन्यूज २०७८ माघ ५ गते १०:४२


धनुषा । धनुषाको बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असईलाई लुटेरा समूहले आक्रमण गरी घाइते बनाएको छ ।

Advertisement
NiccNicc

उक्त प्रहरी चौकीका असई मनोज पोखरेललाई गएराति लुटेरा समूहले आक्रमण गरेका थिए । धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले दिएको जानकारी अनुसार, बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित राम्रो चोकमा गएराति लुटेरालाई नियन्त्रण लिएपछि उनीमाथी आक्रमण भएको हो ।

आक्रमणबाट असई पोखरेल घाइते भएका छन्। उनको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। उनको टाउकामा १२ वटा टाँका लागेको छ।

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ का अमित पासमान भारतको मद्रासबाट कमाएर फर्किँदै गर्दा लुटेरा समूहले उनीसँग भएका पैसा, लत्ताकपडा, मोबाइललगायत सामान लुटपाट गरेका थिए।

लगतै पुगेको असई पोखरेलसहितको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेपछि असई पोखरेललाई आक्रमण भएको हो।

प्रहरीका अनुसार लुटिएका पासमान कमाएर बटेश्ववर गाउँपालिका २ भुचक्रपुरस्थित ससुराली जाँदै थिए।

महेन्द्रनगर बजारबाट अटोरिक्सामा बसेर पासवान ससुराली फर्किँदै गर्दा राम्रोचोकमा रोकेर सामान लुटपाट गरेपछि प्रहरीलाई खबर पुगेको थियो। लुटपाट गर्ने व्यक्तिलाई पक्रेर ल्याउने क्रममा घेरेर केही व्यक्तिले असई पोखरेललाई पछाडिबाट हेल्मेट, लाठीले टाउकोमा हानेको प्रहरीले जनाएको छ।

लुटपाटमा संग्लन्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया