संखुवासभामा वडाध्यक्षमाथि ढुंगा प्रहार
मेरोन्यूज
२०७८ माघ ५ गते १३:१३
संखुवासभा । संखुवासभामा एक वडाअध्यक्षमाथी ढुंगा प्रहार भएको छ । जिल्लाको चिचिला गाउँपालिका-२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको हो । मंगलबार साँझ वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।
ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन् । मोटरसाइकलमा घर जाँदै गर्दा अज्ञात समूहले वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार गरेको हो ।
अज्ञात समूहको ढुंगा प्रहारबाट सामान्य घाइते टाउको,ढाड र हातमा सामान्य चोट लागेको वडाध्यक्षले राईले बताए । वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सम्बन्धित











इराकमा विद्युत् उत्पादनमा ठूलो गिरावट, ग्यास आपूर्ति स्थगित
रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया