आशंकाको भरमा उपचार : तीनवटा अस्पतालमा फरक फरक रिपोर्ट

मेलम्ची । पेट दुख्ने समस्याले खपिनसक्नु भएपछि सिन्धुपाल्चोक इन्द्रावती ५ का रामनाथ लुइँटेललाई मेलम्ची अस्पताल लगियो । अस्पतालमा भर्ना गरेर दुई दिन राखियो । रिपोर्ट आयो आन्द्रामा समस्या छ । त्यसपछि उनलाई छिटोभन्दा छिटो अप्रेसन गर्न सुझाइयो ।
तर, काठमाडौँको छाउनीमा गएर चेकअप गर्दा अप्रेसन गर्न नपर्ने र बिरामी त्यति धेरै जटिल नभएको रिपोर्ट आयो । लगत्तै उनलाई केही समयपछि निको पनि भयो ।
इन्द्रावती गाउँपालिकाका कुमार आचार्यलाई पनि २१ पुसमा पेट दुख्ने समस्या भयो । मेलम्ची अस्पताल गए । परीक्षण गर्दा किड्नीमा पानी जमेको भनियो । ५.५ एम एमको पत्थरी रहेको र तत्कालै अप्रेसन गरिहाल्न आचार्यलाई अस्पतालका चिकित्सकले सुझाव दिए । उक्त अस्पतालले दायाँपट्टी पत्थरी छ भनेको थियो । उनी बनेपाको केपी पोलिक्लिनकमा गए । त्यहाँ परीक्षण गराउँदा बायाँ पट्टी पत्थरी रहेको छ भनियो ।
दुई वटा अस्पतालमा फरक-फरक रिपोर्ट दिएपछि उनी २९ मा धुलिखेल अस्पताल पुगे । आचार्यको किड्नीमा पानी नजमेको र कुनै अप्रेसन गर्नु नपर्ने धुलिखेल अस्पतालले बतायो । पानी खाएरै केही दिनमा पत्थरी जाने र किड्नीलाई कुनै असर नभएको धुलिखेलका चिकित्सक निशा गुप्ताले बताइन् ।
आचार्य र लुइँटेल त प्रतिनिधि पात्र मात्र हुन् उनीहरू जस्तै दैनिक जसो कुनै न कुनै स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने गरेका धेरै बिरामी समस्यामा पर्ने गरेका छन् ।
‘हामीले त शंका लागेको कुरा गरेका हौँ,’ अस्पतालका चिकित्सक मिलन खड्काले भने, ‘पानी जमेको शंका लागेर पानी फाल्न भनिएकाे हाे ।’

















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया