ललितपुर प्रशासनको अत्यावश्यक बाहेकका सेवा बन्द
मेरोन्यूज
२०७८ माघ ५ गते १५:२६

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि सङ्क्रमित भई उपचारार्थ रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायद्वारा हस्ताक्षरित सूचनामा सेवा प्रदायकका रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीचको नियमित र प्रत्यक्ष सम्पर्क हुने कामहरु नागरिकता तथा सोको प्रतिलिपि, सङ्घसंस्था एवं नाबालकका साथै राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा हाललाई स्थगित गरिएको उल्लेख छ ।
शान्तिसुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित नै रहने प्रजिअ उपाध्यायद्वारा जारी सूचनामा भनिएको छ ।
सम्बन्धित
















टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया