दुर्घटना गराई फरार रहेका चालक नियन्त्रणमा
मेरोन्यूज
२०७८ माघ ५ गते १७:०६

काठमाडौं । काठमाडौँको कोटेश्वरमा मोटरसाइकललाई ठक्कर दिई फरार रहेका चालकलाई प्रहरीले बुधबार टिप्परसहित नियन्त्रणमा लिएको छ ।
प्रदेश नं ३–०२–०२६ प १८२४ को मोटरसाइकललाई मङ्गलबार साँझ ठक्कर दिएर चालक फरार भएका थिए । उक्त दुर्घटनामा घाइते भएका मोरङ घर भई भक्तपुरको सल्लाघारी बस्ने २७ वर्षीय प्रकाश लिम्बूको उपचारका क्रममा राति नै ट्रमा सेन्टरमा मृत्यु भएको थियो ।
मोटरसाइकलको पछाडि बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिकाका ३१ वर्षीय देव लामाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
अनुसन्धानका क्रममा प्रहरीले कीर्तिपुरको सुन्दरीघाटस्थित दोभानमा लुकाई–छिपाई राखेको अवस्थामा ना१क ४५०२ नंको टिप्परसहित त्यसका चालक सुब्बा श्रेष्ठलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरले जनाएको छ । उनीमाथि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान कार्य भइरहेको छ ।
सम्बन्धित
















बागमती मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया