फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ
मेरोन्यूज
२०७८ माघ ५ गते २०:२५

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ ।
कोरोना भाइरसको महामारीबीच नेपाल आयल निगमले बुधबार रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ भने हावाई इन्धनको मूल्य ५ रुपैयाँ बढाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरी १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ ।
अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको छ ।

सम्बन्धित

















एमाले नेता पोखरेलले गरे मतदान
तनहुँमा किरियापुत्रीले गरे मतदान
राष्ट्रपति र उपराष्ट्रपति किन मतदानमा सहभागी भएनन् ?
सैन्य विमानमार्फत मध्यपूर्वबाट आफ्ना नागरिकको उद्वार गर्दै अष्ट्रेलिया
इरान–इजरायल युद्ध फैलिँदै
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया