भन्सार छलीका सामानसहित ट्रक र चालक नियन्त्रणमा
मेरोन्यूज
२०७८ माघ ६ गते ६:४२
काठमाडौँ । पर्साको वीरगञ्जबाट ५० लाख मूल्य बराबरको भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको ट्रक र चालकलाई प्रहरीले आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका ८ माइस्थानस्थित सडक खण्डबाट प्र–२–०३–००१ ख ३६८९ नं ट्रक नियन्त्रणमा लिइएको थियो ।
बिल बिजकभन्दा बढी खुद्रा वस्तुहरु तथा हार्डवेयर पार्टस लोड गरी काठमाडौँ जाँदै गरेको उक्त मालबाहक ट्रकलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पठाइएको हो ।
ट्रक चालक वीरगञ्ज २ छपकैया बस्ने ३२ वर्षका रौफ आलमलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
सम्बन्धित











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया