संसारका सबैभन्दा जेठो व्यक्तिको ११२ वर्षमा निधन

काठमाडौँ । विश्वका सबैभन्दा पाका व्यक्ति स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको ११२ वर्षको उमेरमा निधन भएको छ । गिनिज वल्र्ड रेकर्ड्सले बुधबार दिएको जानकारीअनुसार करिब चार महिना पहिले ११२ वर्ष २११ दिन हुँदा जीवितमध्ये उनी विश्वकै सबैभन्दा पाको व्यक्ति घोषित भएका थिए । उनको आगामी महिना ११३ औँ जन्मदिन मनाउन लागिएको थियो ।
फेब्रुअरी ११, १९०९ मा लियोनको पोन्टे क्यास्ट्रोमा जन्मेका गार्सिया १.५ मिटर (४.९ फिट) अग्लो थिए । सन् १९३६ मा भएको स्पेनी गृह युद्धमा सामेल हुन उनको होचो कदका कारण भर्ती हुन पाएका थिएनन् । पछि उनी एक सफल जुत्ता व्यवसायी बनेका थिए ।
सात छोराछोरी, १४ नातिनातिना र २२ पनातिपनातिनीका अभिभावक उनी पछिल्लो समय उमेरका कारण सक्रिय जीवनबाट टाढा हुँदै आएका थिए ।
गिनिज बुक्स अफ वल्र्ड रेकर्डको वेवसाइट अनुसार अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सकी जीन लुइस कालमेन्ट रहेकी छन् । सन् १८७५ फेब्रुअरीमा जन्मिएकी कालमेन्टको सन् १९९७ मा १२२ वर्ष १६४ दिनको उमेरमा निधन भएको थियो ।












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया