संसारका सबैभन्दा जेठो व्यक्तिको ११२ वर्षमा निधन

काठमाडौँ । विश्वका सबैभन्दा पाका व्यक्ति स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको ११२ वर्षको उमेरमा निधन भएको छ । गिनिज वल्र्ड रेकर्ड्सले बुधबार दिएको जानकारीअनुसार करिब चार महिना पहिले ११२ वर्ष २११ दिन हुँदा जीवितमध्ये उनी विश्वकै सबैभन्दा पाको व्यक्ति घोषित भएका थिए । उनको आगामी महिना ११३ औँ जन्मदिन मनाउन लागिएको थियो ।
फेब्रुअरी ११, १९०९ मा लियोनको पोन्टे क्यास्ट्रोमा जन्मेका गार्सिया १.५ मिटर (४.९ फिट) अग्लो थिए । सन् १९३६ मा भएको स्पेनी गृह युद्धमा सामेल हुन उनको होचो कदका कारण भर्ती हुन पाएका थिएनन् । पछि उनी एक सफल जुत्ता व्यवसायी बनेका थिए ।
सात छोराछोरी, १४ नातिनातिना र २२ पनातिपनातिनीका अभिभावक उनी पछिल्लो समय उमेरका कारण सक्रिय जीवनबाट टाढा हुँदै आएका थिए ।
गिनिज बुक्स अफ वल्र्ड रेकर्डको वेवसाइट अनुसार अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सकी जीन लुइस कालमेन्ट रहेकी छन् । सन् १८७५ फेब्रुअरीमा जन्मिएकी कालमेन्टको सन् १९९७ मा १२२ वर्ष १६४ दिनको उमेरमा निधन भएको थियो ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया