सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना
काठमाडौँ । जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालयको आयोजनामा उक्त कक्ष सञ्चालनमा आएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता कक्षले वैदेशिक रोजगारीमा जाने युवा युवतीलगायतलाई टेवा पुग्ने बताए । सचेतना अभावमा विदेश जानेले धेरै दुःख पाउनु परेको छ । विदेश जानुपूर्व केही जानकारी हासिल गरेर मात्र जानु पर्ने प्रजिअ देवकोटाले बताए ।
वैदेशिक रोजगारीमा जाँदा उमेर र वितरण, संथागत पहल, आवश्यक प्रमाण सुरक्षित राख्नु पर्ने, तालिम तथा सुरक्षा, पूर्व तयारीको अबलम्बन, क्षतिपूर्ति र विदेशमा सम्पर्क तथा समन्वयलगायत कुराको ज्ञान हासिल गरेर मात्र विदेश जानुपर्ने देवकोटको भनाइ छ । सहायता कक्षमा टेलिभिजन पनि राखिएको छ ।
टेलिभिजनमार्फत वैदेशिक रोजगारीसम्बन्धी सचेतनामूलक भिडियो देखाइने छ । यस्तै, बुकलेट पेपर अध्ययनका लागि राखिएको छ । वैदेशिक रोजगारी जानेले सहायता कक्षमा सामान्य जानकारी लिएपछि पासपोर्ट लिने तथा बनाउने छन् ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया