सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना
काठमाडौँ । जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालयको आयोजनामा उक्त कक्ष सञ्चालनमा आएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता कक्षले वैदेशिक रोजगारीमा जाने युवा युवतीलगायतलाई टेवा पुग्ने बताए । सचेतना अभावमा विदेश जानेले धेरै दुःख पाउनु परेको छ । विदेश जानुपूर्व केही जानकारी हासिल गरेर मात्र जानु पर्ने प्रजिअ देवकोटाले बताए ।
वैदेशिक रोजगारीमा जाँदा उमेर र वितरण, संथागत पहल, आवश्यक प्रमाण सुरक्षित राख्नु पर्ने, तालिम तथा सुरक्षा, पूर्व तयारीको अबलम्बन, क्षतिपूर्ति र विदेशमा सम्पर्क तथा समन्वयलगायत कुराको ज्ञान हासिल गरेर मात्र विदेश जानुपर्ने देवकोटको भनाइ छ । सहायता कक्षमा टेलिभिजन पनि राखिएको छ ।
टेलिभिजनमार्फत वैदेशिक रोजगारीसम्बन्धी सचेतनामूलक भिडियो देखाइने छ । यस्तै, बुकलेट पेपर अध्ययनका लागि राखिएको छ । वैदेशिक रोजगारी जानेले सहायता कक्षमा सामान्य जानकारी लिएपछि पासपोर्ट लिने तथा बनाउने छन् ।













दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
प्रतिक्रिया