ढुंगा प्रहार गरी श्रीमानको हत्या
मेरोन्यूज
२०७८ माघ ६ गते ९:०७
काठमाडौँ । रोल्पामा एक महिलाले पतिको हत्या गरेकी छन् । सुनछहरी गाउँपालिका ६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको ढुंगा र हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
मानसिक सन्तुलन ठिक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासी प्रहार गरेको बताइएको छ । पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्तलाई नियन्त्रणमा लिएको थियो ।
घटनामा संलग्न मीनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण रानाले जानकारी दिए । अभियुक्तलाई इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखिएको छ ।
सम्बन्धित
















बागमती मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया