अस्मिता धामी प्रकरण : ८ महिना बित्यो, अभियुक्त गुमनाम
अस्मिताका श्रीमान भन्छन् : न्याय पाउन कहाँ जाने ?

काठमाडौं । गत असार २ गते डडेलधुरा जिल्लाको परशुराम नगरपालिका ८ स्थित जमरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अस्मिता देवी धामीको हत्या भएको थियो । उनको हत्या भएको ८ महिना बित्यो । तर, अझै अनुसन्धान शुन्य स्तरमै छ ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्याउन हिँडेकी २६ वर्षीया धामीको गत असार ६ गते परशुराम नगरपालिका ९ स्थित हट्वानी सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । उनलाई ६ गते मृत अवस्थामा फेला पारिए पनि उनको २ गते नै हत्या भएको प्रहरीले पुष्टि गरेको हो । यद्यपि, मृत्युको कारण के हो ? भने अझै खुल्न सकेको छैन ।
उनी गत असार २ गते नै खोप लिएर जुगेडी अस्पताल गएकी थिइन् । अस्पताल पुग्न नपाउँदै २ गते बाटोमा उनको हत्या भएको प्रहरीको भनाई छ । उनको हत्या भएको पुष्टि हुँदा समेत प्रहरीले अझै अभियुक्त सार्वजनिक गर्न सकेको छैन ।
आमाको पर्खाईमा छोरी
मृत फेला परेकी अस्मिताकी दुई छोरीहरु छन् । ५ वर्षीय अनुजा र २ वर्षीय रेनुका । उनीहरू प्रत्येक दिन आमाको पर्खाईमा रहेको अस्मिताका श्रीमान् अमर धामीले बताए । उनले भने, ‘छोरीहरु आमा कता जानु भयो ?, कहिले आउनुहुन्छ भन्ने प्रश्न दोहोर्याईरहन्छन्, मससँग कुनै उत्तर हुन्न, जेठी छोरीले त अहिले धेरै कुरा बुझिन् त्यसैले उनले धेरै प्रश्न गर्दिनन् । तर, सानी छोरी धेरै आमाको खोजी गर्छिन् ।’
‘छोरीहरूको प्रश्नको उत्तर आफैसँग छैन कहाँबाट दिनु,’ अमरले दोहोर्याए, ‘छोरीहरूकै प्रश्नको उत्तर खोज्न धेरै पटक प्रहरी कहाँ धाएँ, तर प्रहरीले कुनै जवाफ दिन सकेको छैन ।’
प्रहरीको बहना
असार २ गते कोरोनाविरुद्धको खोप बोकेर जोगबुढा अस्पताल निस्किएकी अस्मिता हराएको भोलिपल्टदेखि खोजी भएको थियो । उनलाई ६ मृत फेला पारिएको थियो ।
घटनालगत्तै अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा टोली खटिए । घटनाको अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)को टोलीसमेत पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय डडेलधुरा, सुदूरपश्चिम प्रदेश प्रहरीको संयुक्त टोलीले यस घटनाको अनुसन्धान थालनी गरेको थियो । घटना स्थलमा पुगेको प्रहरीले उनको हत्या भएको पुष्टि गरेको हो । ‘कज अफ डेथ’ पत्ता लागेको छैन । अनुसन्धानका लागि ठूलो टोली खटिए पनि प्रहरीले अनेकन बहाना देखाएको पीडित पक्षले गुनासो गरेका छन् ।
प्रहरीले अनुसन्धानबाट केही नौलो तथ्य पत्ता लगाउन नसकेको र पुरानै कुरालाई लिएर अनेकन बहना र आलटाल गरिरहेको पीडित पक्षले जनाएका छन् । अस्मिताका देवर दिनेशले भने, ‘प्रहरीले केही काम गरेको जस्तै लाग्दैन, घटनाबारे बुझ्न जाँदा अनुसन्धान हुँदै छ भन्छन्, तर केही उपलब्धि छैन ।’
प्रहरीले विभिन्न बहना बनाएर अनुसन्धानमा ढिला सुस्ती गरेकोसमेत अस्मिता श्रीमानले मेरोन्युजलाई बताए । ‘हामीलाई प्रत्येक १५ दिन वा १ महिनामा घटनाका बारेमा जानकारी गराउने भनिएता पनि प्रहरीले घटनाबारे केही खबर दिएको छैन,’ उनले भने, ‘आफै बुझ्न जाँदासमेत सधैँ एउटै उत्तर पाउँछौँ, उहाँहरुको कमजोरीले नै अभियुक्त खुलेआम हिँडिरहेको होला ।’
न्याय पाउन कहाँ जाने ?
घटनाको निष्पक्ष छानविन होस् भन्ने हेतुले स्थानीयले जनप्रतिनिधिको सहयोगमा संघर्ष समिति बनाएका थिए । तर, त्यो संघर्ष समितिसमेत अहिले मौन रहेको स्वास्थ्य केन्द्रका इञ्चार्ज रमेश बोहोराले मेरोन्यूजलाई बताए । ‘पहिले त केही समय सबै जना जागरुक हुँदा प्रहरीले जागर देखाएको थियो, अहिले घटनाबारे कसैको चासो नहुँदा प्रहरीको आलश्यता भल्किएको छ,’ बोहोराले भने ।
घटनाको अनुसन्धान भए पनि कस्तो सुधार आयो भन्ने विषयमा प्रहरी आफै बेखबर रहेको अमर धामीले बताए । ‘अनुसन्धान गर्ने प्रहरीलाई नै घटनाको अनुसन्धान कता जाँदै छ भन्ने थाहा छैन भने न्याय खोज्न कता जाने हो ?,’ उनले भने, ‘अब कसरी अनुसन्धान सफल हुन्छ ? हामीले केही थाहा पाउन सकेका छैनौँ, न त प्रहरीले केही भन्छ न त सम्बन्धित पक्षमा सुनुवाई नै हुन्छ, न्यायको आशा त मारेका छैनौँ, तर न्याय पाउने ठाउँ कता हो त्यो थाहा छैन ।’
भिसेरा रिपोर्ट कुर्दै प्रहरी
आफूहरुले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । भिसेरा रिपोर्ट अझैसम्म नआएको कारण ‘कज अफ डेथ’ थाहा पाउन नसकिएको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण पत्ता लगाउन नसकिएको र भिसेरा रिपोर्टकै पर्खाईमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भोला बहादुर रावलले बताए ।
उनले मेरोन्यूजसँग भने, ‘हामिले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ, पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘अनआइडिन्टिफाई’ आएकाले भिसेरा रिपोर्ट कस्तो आउँछ ? त्यसैको पर्खाईमा छौँ ।’
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी हत्यामा संलग्न रहेको आशंका गरिएका केही व्यक्तिलाई निगरानी गरिरहेको र केही दिनमा नै घटनाको अभियुक्त सार्वजनिक गर्ने दाबी गर्छन् ।
‘घटनामा केही व्यक्तिहरुको संलग्नता रहेको शंकामा हामीले उनीहरुलाई निरन्तर निगरानीमा राखेका छौँ तर हामीले निगरानी गरेका एक जनाले घटना घटेको केही दिनमै आत्महत्या गरेको छ । घटनासँग सम्बन्धित भएको र हामीले उनलाई शंकाको घेरामा राखेका थियाैँ ती व्यक्तिले आत्महत्या गरेका छन्, जसले गर्दा अनुसन्धानमा थोरै जटिलता देखिएको छ’, अनुसन्धानमा संलग्न ती अधिकारीले भने ।
मान्छेको आवागमन नहुने ठाउँमा घटना घटेकाले अनुसन्धानमा जटिलता देखिएको प्रहरीको भनाई छ । ‘घटना स्थलमा पुग्न बस्ती भएको ठाउँबाट झण्डै डेढ घण्टा लाग्छ साथै त्यो क्षेत्र एकान्त छ । त्यहाँ फाट्टफट्ट मान्छेहरु पनि हिँड्दैनन् । एकान्त छ ।’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले थपे, ‘यति धेरै बाधाका बाबजुत हामी यही घटनालाई केन्द्रमा राखेर निरन्तर खटिएका छौँ ।’
घटनाको सुरुवातदेखि नै निरन्तर अनुसन्धानमा खटिएको प्रहरीले न त अभियुक्त नै पत्ता लगाउन सकेको छ, न घटनाबारे केही उपलब्धि नै सुनाउन सकेको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>











राष्ट्रिय वाणिज्य बैंक सम्मानित
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
जेनजी आन्दोलनका क्रममा फरार तीन कैदी सुन्धाराबाट पक्राउ
प्रधानमन्त्री कार्कीसँग संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया