मकवानपुर एकीकृत समाजवादी संगठन विस्तार अभियानमा

ओखलढुंगा । नेकपा (एकीकृत समाजवादी) ले जिल्लाका आठ स्थानीय तहलाई तीन क्लष्टरमा विभाजन गरेर संगठन विस्तारको अभियान सुरु गरेको छ ।
आठमध्ये खिजीदेम्वा, लिखु र चम्पादेवी एक क्लष्टर, सुनकोसी, मानेभञ्ज्याङ र मोलुङ दुई क्ल्ष्टर र चिशंखुगढी र सिद्धिचरण नगरपालिका तीन क्लष्टरमा बाँडेर नेताहरूको जिम्मेवारी तोकिएको जिल्ला अध्यक्ष हशंराज वाग्लेले बताए ।
सचिवालय बैठकबाट अभियान सञ्चालनको रणनीति तयार गरिएको सो पार्टीले जनाएको छ । तीन क्लष्टरमा जिल्लाका पदाधिकारीहरूको अगुवाइमा सचिवालय सदस्य र जिल्ला सदस्यहरूको जिम्मेवारी तोकिएको छ । माघभरिमा अधिकांश वडाहरूको कमिटी निर्माण गरिसक्ने लक्ष्य राखिएको उपसचिव कमल खड्काले बताए ।
यसअघि पहिलो चरणको अभियानमा केही पालिका र वडाहरूको कमिटी गठन भइसकेको छ । संगठन विस्तारका लागि कार्यकर्ता तहमा माग भए पनि नेताहरू पुग्न नसकेको गुनासोलाई ध्यानमा राखेर जिल्ला अध्यक्ष वाग्ले, केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज नेत्र भट्टराई र केन्द्रीय सदस्य निर्मला श्रेष्ठको टोली आवश्यकता र मागका आधारमा वडा तहमा पुग्ने गरी जिम्मेवारी तोकिएको छ ।
एकीकृत समाजवादीको पूर्ण बैठक फागुनमा बोलाइएको जिल्ला इञ्चार्ज भट्टराईले जनाए ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया