मकवानपुर एकीकृत समाजवादी संगठन विस्तार अभियानमा

ओखलढुंगा । नेकपा (एकीकृत समाजवादी) ले जिल्लाका आठ स्थानीय तहलाई तीन क्लष्टरमा विभाजन गरेर संगठन विस्तारको अभियान सुरु गरेको छ ।
आठमध्ये खिजीदेम्वा, लिखु र चम्पादेवी एक क्लष्टर, सुनकोसी, मानेभञ्ज्याङ र मोलुङ दुई क्ल्ष्टर र चिशंखुगढी र सिद्धिचरण नगरपालिका तीन क्लष्टरमा बाँडेर नेताहरूको जिम्मेवारी तोकिएको जिल्ला अध्यक्ष हशंराज वाग्लेले बताए ।
सचिवालय बैठकबाट अभियान सञ्चालनको रणनीति तयार गरिएको सो पार्टीले जनाएको छ । तीन क्लष्टरमा जिल्लाका पदाधिकारीहरूको अगुवाइमा सचिवालय सदस्य र जिल्ला सदस्यहरूको जिम्मेवारी तोकिएको छ । माघभरिमा अधिकांश वडाहरूको कमिटी निर्माण गरिसक्ने लक्ष्य राखिएको उपसचिव कमल खड्काले बताए ।
यसअघि पहिलो चरणको अभियानमा केही पालिका र वडाहरूको कमिटी गठन भइसकेको छ । संगठन विस्तारका लागि कार्यकर्ता तहमा माग भए पनि नेताहरू पुग्न नसकेको गुनासोलाई ध्यानमा राखेर जिल्ला अध्यक्ष वाग्ले, केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज नेत्र भट्टराई र केन्द्रीय सदस्य निर्मला श्रेष्ठको टोली आवश्यकता र मागका आधारमा वडा तहमा पुग्ने गरी जिम्मेवारी तोकिएको छ ।
एकीकृत समाजवादीको पूर्ण बैठक फागुनमा बोलाइएको जिल्ला इञ्चार्ज भट्टराईले जनाए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया