ताप्लेजुङमा तेस्रो पटक हिमपात

ताप्लेजुङ । ताप्लेजुङमा तेस्रो पटक हिमपात भएकोछ । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाईमा अवस्थित फक्ताङलुङ गाउँपालिका ७ याङमा तीन हजार ४०० सय मिटर उचाई क्षेत्रका बस्तीहरूमा बुधबार रातिदेखि बाक्लो हिमपात भएको हो ।
हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिकहरू प्रभावित भएका घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए । हिमपातले जनजीवन प्रभावित हुनका साथै पशुचौपाय समेत प्रभावित भएका टासी तेन्जीले शेर्पाले बताए ।
हिमाली क्षेत्रमा प्रमुख पुर्ख्यौली पेसाको रुपमा पशुपालन गर्दै आएको छ । तर, हिमपातको समय पशु जोगाउन मुस्किल पर्ने शेर्पाले बताए । सबैभन्दा याक चौँरीको बाछाबाछीहरूलाई हिमपातको समयमा जोगाउने समस्या हुने शेर्पाको भनाइ छ ।
त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङचुगोला र भले, ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपात भएको छ । मिक्वाखोला गाउँपालिका(६ तोक्पेगोला र पापुङ बस्तीहरूमा समेत हिमपात भएको मिक्वाखोला गाउँपालिका(६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताए ।
त्यस्तै समुद्र सतह देखि तीन हजार ७९४ मिटर उचाईमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ । हिमपात भएसँगै यता सदरमुकाम फुङ्लिङ बजारमा चिसो बढेको छ ।
ताप्लेजुङमा पहिलो पटक १३ र १४ पुसमा र देस्रो २९ पुसमा गते हिमापात भएको थियो । अहिले ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको हो ।














नवलपरासीपूर्वमा‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते
अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न आधिकारिक निकायकाे अनुरोध
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया