शुक्रबार, पुष ११, २०८२

मदिराको नसामा स्थानियसँग विवाद गर्ने सेनाका मेजर शाही बर्खास्त

यसरी सल्कियो विवादको आगो

मेरोन्यूज २०७८ माघ ६ गते १९:१५

काठमाडौं । गत कात्तिक २२ मा कैलाली लम्किी चुहानगरपालिकास्थित नेपाली सेनाको मेजर र स्थानियवीच विवाद भएको थियो । सोही विवादमा मुछिएका सेनाका सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत मेजर अशोक शाही बर्खास्त भएका छन् ।

सैनिक अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै सैनिक अदालतले उनलाई बर्खास्त गरेको हो । उनलाई एक महिना कैद सजाय हुने समेत फैसला भएको छ ।

सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले गत पुस ३ गते मेजर शाहीलाई दोषी ठहर गर्दै सेवाबाट हटाउने फैसला गरेको थियो । मेजर शाही गत पुस २८ गते कैद भुक्तान गरेर रिहासमेत भइसकेका छन् ।

विवादको आगो कसरी सल्कियो ?


गत कार्तिक २२ गते मेजर शाही बागमती प्रदेश ०१–००२६ च ३४६१ नम्बरको गाडी चलाएर चिसापानी बजारस्थित संगम होटलमा पुगे । मादक पदार्थ सेवन गरेका शाही होटलको पछाडिबाट छिरेका थिए । होटलमा छिरेका उनि राती अबेर सम्म होटलमा नै बसेर मदिरा सेवन गरीरहे ।
धेरै बेरसम्म होटलमा बसेपछि होटलका सञ्चालक हर्कबहादुर रावलले उनलाई समयको बारेमा सुचित गराएकाथिए ।

होटलमा सञ्चालक हर्कबहादुर रावलले समय बताए बाबजुत होटलमै बसेका शाहीले रावललाई टेरेनन् र उनिहरुवीच विवाद भएको थियो । उनीहरुवीचको विवादपछि स्थानियहरु भेला भएर आए । स्थानियहरु भेला भएपछि मेजर शाही शिक्षालयतिर हाक्किए । तर स्थानियहरुले उनलाई कुटपिट समेत गरेका थिए ।

उनीहरु बिचको विवादका बिच प्रहरीले मेजरलाई प्रहरीकै रोहबरमा इलाका प्रहरी कार्यालय चिसापानी लगेको थियोे । यद्यपी स्थानियहरुको आक्रोस भने रोकिएको थिएन ।


उल्टै प्रहरी माथि नै स्थानियहरुको औलला ठडियो र मेजर शाहीलाई बचाएको आरोप लगाउँदै स्थानीयले प्रहरी कार्यालयभित्रै ढुंगामुढा समेत गरेको एक प्रहरी अधिकारीले मेरोन्यूजलाई जानकारी दिए ।

चिसापानी स्थित प्रहरी कार्यालयमा दुवै पक्षबीच उजुरबाजुर नगर्ने शर्तमा मिलापत्र भएको थियो । मेजर शाहीलाई सोही विवादका कारण सैनिक अदालतले वर्खास्तको सजाँय सुनाएको हो ।

प्रतिक्रिया