मदिराको नसामा स्थानियसँग विवाद गर्ने सेनाका मेजर शाही बर्खास्त
यसरी सल्कियो विवादको आगो

काठमाडौं । गत कात्तिक २२ मा कैलाली लम्किी चुहानगरपालिकास्थित नेपाली सेनाको मेजर र स्थानियवीच विवाद भएको थियो । सोही विवादमा मुछिएका सेनाका सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत मेजर अशोक शाही बर्खास्त भएका छन् ।
सैनिक अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै सैनिक अदालतले उनलाई बर्खास्त गरेको हो । उनलाई एक महिना कैद सजाय हुने समेत फैसला भएको छ ।
सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले गत पुस ३ गते मेजर शाहीलाई दोषी ठहर गर्दै सेवाबाट हटाउने फैसला गरेको थियो । मेजर शाही गत पुस २८ गते कैद भुक्तान गरेर रिहासमेत भइसकेका छन् ।
विवादको आगो कसरी सल्कियो ?
गत कार्तिक २२ गते मेजर शाही बागमती प्रदेश ०१–००२६ च ३४६१ नम्बरको गाडी चलाएर चिसापानी बजारस्थित संगम होटलमा पुगे । मादक पदार्थ सेवन गरेका शाही होटलको पछाडिबाट छिरेका थिए । होटलमा छिरेका उनि राती अबेर सम्म होटलमा नै बसेर मदिरा सेवन गरीरहे ।
धेरै बेरसम्म होटलमा बसेपछि होटलका सञ्चालक हर्कबहादुर रावलले उनलाई समयको बारेमा सुचित गराएकाथिए ।
होटलमा सञ्चालक हर्कबहादुर रावलले समय बताए बाबजुत होटलमै बसेका शाहीले रावललाई टेरेनन् र उनिहरुवीच विवाद भएको थियो । उनीहरुवीचको विवादपछि स्थानियहरु भेला भएर आए । स्थानियहरु भेला भएपछि मेजर शाही शिक्षालयतिर हाक्किए । तर स्थानियहरुले उनलाई कुटपिट समेत गरेका थिए ।
उनीहरु बिचको विवादका बिच प्रहरीले मेजरलाई प्रहरीकै रोहबरमा इलाका प्रहरी कार्यालय चिसापानी लगेको थियोे । यद्यपी स्थानियहरुको आक्रोस भने रोकिएको थिएन ।
उल्टै प्रहरी माथि नै स्थानियहरुको औलला ठडियो र मेजर शाहीलाई बचाएको आरोप लगाउँदै स्थानीयले प्रहरी कार्यालयभित्रै ढुंगामुढा समेत गरेको एक प्रहरी अधिकारीले मेरोन्यूजलाई जानकारी दिए ।
चिसापानी स्थित प्रहरी कार्यालयमा दुवै पक्षबीच उजुरबाजुर नगर्ने शर्तमा मिलापत्र भएको थियो । मेजर शाहीलाई सोही विवादका कारण सैनिक अदालतले वर्खास्तको सजाँय सुनाएको हो ।
















बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया