गृहमन्त्रीलाई शिक्षामन्त्रीको फोन : राज्यनिरिह भयो भन्ने छ भोलि नै कदम चाल्नुहोस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्ययनरत एमबीबीएस विद्यार्थी बढी शुल्कलिने मेडिकल कलेजमाथि कारबाही गर्न गृहमन्त्रालय लाई सिफारिस गरेका छन् ।
संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई मन्त्रालयमा बोलाएर चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न गृहमन्त्राललाई सिफारिस गरेको मन्त्री पौडेलले जानकारी दिए ।
‘मन्त्री पद गौण हो, म विद्यार्थीको पक्षमा छु’ मन्त्री पौडेलले भने, ‘विद्यार्थीको पक्षमा उभिँदा पद गएपनि केही फरक पर्दैन ।’
सयुक्त विद्यार्थी संगठनसँगको छलफल चलिरहेकै बेला गृहमन्त्रीलाई फोन गरेर मन्त्री पौडेलले भने, ‘म विद्यार्थीको पक्षमा छु राज्यनिरिह भयो भन्ने छ भोलि नै कदम चाल्नुहोस् ।’
२०७५ मा बनेको चिकित्सा शिक्षा ऐनले विद्यार्थी ठगी गर्ने कलेजलाई कारबाही गर्ने अधिकार गृहमन्त्रालयलाई दिएको बताउँदै विद्यार्थीले दिएका प्रमाणहरु गृहमन्त्रालयमा पठाइसकेको जानकारी मन्त्री पौडेलले दिएका थिए ।
पुस ३० गते शिक्षामन्त्री पौडेलको अध्यक्षमा बसेको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम चिकित्सा शिक्षाको स्नातक तहको एमबिबिएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्कभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो ।
यस्तै, छात्राबाससम्बन्धी समस्यालाई सम्बन्धित शिक्षण संस्थाले तथा अभिभावक एवम् विद्यार्थी बीचआपसी छलफल गरी सहमतिमा निरूपण गर्ने र यसको सहजीकरण विश्वविद्यालयले गर्ने र ऐन कार्यान्वयनका सन्दर्भमा देखिएका असहजता निरूपणका लागि सम्बन्धित निकाय, विज्ञ तथा अन्य सरोकारकापक्षहरूसँग छलफल गरी संशोधनकालागि राय परामर्श उपलब्ध गराउने लगायतका विषयमा निर्णय भएपनि कार्यान्वयन नभएपछि शिक्षामन्त्रालयले कारबाहीका लागि गृहलाई सिफारिस गरेको हो ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया