उपल्लो डोल्पाका सर्वसाधारणले कोरोनाको खोप नपाउने

काठमाडौँ । महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लगाइने खोप उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन् । बाह्र वर्षदेखि १७ वर्षसम्मका बालबालिकाले मोडर्ना खोप र १७ वर्षमाथिका सर्वसाधारणले भेरोसेल, ६० वर्षमाथिका सर्वसाधारणलाई बुस्टर खोप अन्य पालिकामा लगाइरहेको भए पनि उपल्लो डोल्पाका तीन पालिकाकाले खोप लगाउन पाएका छैनन् ।
स्वास्थ्य सेवा कार्यालय डोल्पाले यही माघ १० देखि १३ गतेसम्म खोप लगाउन मध्य र तल्लो डोल्पाका सर्वसाधारणलाई मात्र सूचना निकालेको छ । उपल्लो डोल्पामा खोप लगाउन नसकिने भन्दै कार्यालयले सूचनामा उल्लेख गरेको छ ।
सिसीएमसीको बैठकले माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाइ खोप लगाउनका लागि विद्यालय खोल्ने निर्णय गरिएको थियो । सिसीएमसीले निर्णय गरे पनि उपल्लो डोल्पामा विद्यार्थीले यो समयमा खोप नपाउने भएका छन् । त्यस्तै खोप कार्ड नभएको व्यक्तिले माघ ७ देखि सरकारी सेवा लिन नपाउने निर्णयले उपल्लो डोल्पाका सर्वसाधारण पीडित हुने भएका छन् ।
भारी हिमपातका कारण उपल्लो डोल्पाका सर्वसाधारणले कोभिडविरुद्धको खोप लगाउन पाएका छैनन् । उपल्लो डोल्पामा खोप लिएर तीन पालिकाका सर्वसाधारणलाई लगाउन नसक्ने अवस्था आएपछि यहाँका सर्वसाधारण खोपविहीन बन्नु परेको हो ।
हिमपातका कारण उपल्लो डोल्पा बन्धकजस्तै भएको छ । बाटो हिउँले पुरिदिएपछि कुनै पनि सेवा उपल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन् ।
त्यस्तै, अन्य बालबालिकालाई लगाइने नियमित खोप, सुरक्षित सुत्केरी सेवा कात्तिकदेखि फागुन मसान्तसम्म नै बन्द छ । शे–फोक्सुण्डो, छाकाताङसुङ र डोल्पोबुद्ध गाउँपालिकाभित्रका सर्वसाधारण हिमपात र चिसोका कारण पाँच महिना सदरमुकाम दुनैलगायत देशका विभिन्न ठाउँमा जाने काम पूर्ण रूपमा ठप्प हुने गर्दछ ।
ती पालिकामा खटिने स्वास्थ्यकर्मी, महिला स्वयंसेविकले समेत खोप नपाएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक टेकबहादुर गुरुङले बताए ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया