भोलिदेखि राजधानीका सबै संग्रहालय बन्द हुने

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट तीव्र गतिमा फैलिदै जाँदा शनिबारदेखि राजधानीका सबै संग्रहालय बन्द गरिने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को बिहीबार सम्पन्न बैठकले आज राति १२ बजेदेखि राजधानीका सबै संग्रहालय बन्द गर्ने निर्णय गरेको हो ।
आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका संग्रहालय शनिबारदेखि बन्द गर्ने गरी तयारी गरिएको हनुमानढोका दरबार संग्रहालयका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिए ।
राजधानीमा हनुमानढोका दरबार संग्रहालयका साथै मुख्य रुपमा राष्ट्रिय संग्रहालय, मुद्रा संग्रहालय, नारायणहिटी दरबार संग्रहालय, भक्तपुर र पाटन दरबार संग्रहालयलगायत छन् । कोरोना बढ्दै गएपछि सरकारले भीड हुने सबै कार्यालय बन्द गर्ने क्रममा शनिबारदेखि संग्रहालय बन्द गर्न लागेको हो ।
अर्को सूचना जारी नभएसम्म संग्रहालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको विज्ञप्तिमा उल्लेख छ ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया