पत्रकार विश्वकर्माको निधनमा टिभी टुडेको लापरबाहीः यूएनआईएमई

काठमाडौं । मिडिया कर्मचारी युनियन नेपाल (यूएनआईएमई)ले पत्रकार एलबी विश्वकर्माको निधन उनी कार्यरत सञ्चार गृह टिभी टुडेको बेवास्ता र लापरबाहीले भएको बताएको छ ।
यूएनआईएमईका अध्यक्ष गोविन्द धितालले शुक्रबार विज्ञप्ति जारी गरेर पत्रकार विश्वकर्माको निधनमा उनी कार्यरत सञ्चार गृहको बेवास्ता र लापरबाही स्पष्ट भएको बताएका हुन् ।
‘अस्पतालले पीसीआर गर्नका लागि एक हजार रुपैया मागेको तर पैसा नभएकाले पीसीआर नगरी घरमा फर्किएको र राति स्वास्थ्य अवस्था थप जटिल भएपछि पाटल अस्पताल लागिएकोमा त्यही उहाँको निधन भएको घटनाले उहाँको निधनमा अस्पताल र उहाँ कार्यरत सञ्चारगृहको बेवास्ता तथा लापरबाही स्पष्ट हुन्छ,’ – जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति ः
श्रमजीवी पत्रकार एलवी विश्वकर्माको अस्वभाविक र असामयीक निधनको खवरले हामीलाई अत्यन्त मर्माहित बनाएको छ । निरन्तर काममा क्रियाशिल पत्रकारले पर्याप्त उपचारको अभावमा जीवन गुमाउने अवस्था आउनु आफैँमा लज्जाजनक र दुःखद् घटना हो।
अछाम घर भइ हाल काठमाडौमा रहेर टिभी टुडेमा कार्यरत पत्रकार विश्वकर्माको बिहीवार विहान निधन भएको हो । बिरामी भएपछि सिभिल अस्पतालमा गएको, अस्पतालले पीसीआर गर्नका लागि एक हजार रुपैया मागेको तर पैसा नभएकाले पीसीआर नगरी घरमा फर्किएको र राती स्वास्थ्य अवस्था थप जटिल भएपछि पाटल अस्पताल लागिएकोमा त्यही उहाँको निधन भएको घटनाले उहाँको निधनमा अस्पताल र उहाँ कार्यरत संचारगृहको बेवास्ता तथा लापरबाही स्पष्ट हुन्छ ।
त्यसैले उहाँको निधनका बारेमा विभिन्न कोणबाट प्रश्नहरु उठेका छन । यो तत्काल निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र आगामी दिनमा यस्ता दुखद घटना नदोहोरिने सुनिश्चितता गर्न सरोकारवाला सवैसँग युनिमी नेपाल जोडदार माग गर्दछ ।
अध्यक्ष
गोविन्द धिताल
मिति ः २०७८ माघ ७ गते


















धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया