नेपाल टेलिकमले फोरजी एलटीई विस्तार गर्ने

काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउने भएको छ ।
नेपाल टेलिकमले एफटीटीएच उपलब्ध नभएका फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको हो ।
टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको जनाएको छ ।
कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रा.लि.बीच सम्झौता गरेको छ ।
माघ ५ गते भएको उक्त सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रा.लि. का सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका थिए ।
नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाईमार्फत हाल ब्यक्तिगत प्याकेज र संस्थागत गरी गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ ।
इन्डिभिजुअल प्याकेज अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक रु. ८०० मा ६० जीबी ३० दिनका लागि उपलब्ध हुनेछ भने १ वर्षका लागि रु. ९ हजारमा ७२० जीबी प्याक उपलब्ध हुनेछ ।
यसलाई प्रतिमहिना ६० जीबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया