सातै प्रदेशमा १ करोड ३३ लाख भन्दाबढी ट्याब्लेट पारासिटामोल (कुन प्रदेशमा कति)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका आपूर्ति व्यवस्थापन केन्द्रमा पारासिटामोल औषधि पठाएको छ।
पछिल्लो केही दिनयता बजारमा पारासिटामोलको अभाव देखिएको थियो । मन्त्रालयका अनुसार मन्त्रायले सबै प्रदेशमा १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट पारासिटामोल पठाएको छ ।
मन्त्रालयले केन्द्रीय मेडिकल स्टोर पथलैयाबाट प्रादेशिक स्टोरहरुमारु पारासिटामोल पाँच सय एमजीका ट्याब्लेट वितरण गरेको हो ।
प्रदेशहरुमा पठाइएको बाहेक अझै सरकारसँग ११ लाख ५८ हजार ट्याब्लेट पारासिटामोल स्टकमा रहेको मन्त्रालयकाे छ।
कुन प्रदेशमा कति ?
प्रदेश १ स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा २७ लाख ६४ हजार
मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषामा २१ लाख ३० हजार
बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडामा १० लाख ९८ हजार
गण्डकी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरामा १८ लाख
लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलमा २७ लाख ३० हजार
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्जमा (कर्णाली प्रदेशका लागि) १० लाख २० हजार
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा १८ लाख
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया