ब्रिटिश कलेजकी रिया बनिन् विश्वकै उत्कृष्ट

काठमाडौँ । ब्रिटिश एजुकेशन ग्रुपको द ब्रिटिश प्रोफेशनल कलेजकी रिया मानन्धले वल्र्ड टपर विश्वकै उत्कृष्ट बन्न सफल भएकी छन् ।
ब्रिटिश एजुकेशन ग्रुपको द ब्रिटिश प्रोफेशनल कलेजले एशोसयिसन अफ चार्टर्ड सर्टिफिाइड एकाउन्टेन्ट् (एसीसीए) मा अध्ययनरत १९ वर्षीय मानन्धर ९८ प्रतशित ल्याई वल्र्ड टपर बन्न सफल भएकी हुन् । उनले ट्याकसेसन पेपरमा वल्र्ड टप गरेकी हुन् ।
कार्यक्रम विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । विश्वका १७९ देशमा यो वर्ष अन्तर्गत ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार पुर्ण योग्य सदस्यहरु रहेका छन् ।
विश्वका लाखौँ विद्यार्थीहरूलाई पछि पार्दै उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याउन सफल भइन् ।
रियामा गर्व रहेको भन्दै एसीसीए प्रोग्राम म्यानेजर दीपेन्द्र के श्रेष्ठले कलेज र अन्य विद्यार्थीको लागि पनि गर्वको विषय भएको भन्दै रियाको प्रंशशा गरेका छन् ।
रियाले दीपेन्द्र र बीपीसीका शिक्षकहरुलाई धन्यवाद दिँदै बीपीसीसँगको आफ्नो अनुभव साँच्चै राम्रो रहेको उल्लेख गरिन् ।
ब्रिटिश प्रोफेसनल कलेज ब्रटिश कलेजको सिष्टर संस्था हो । काठमाडौँस्थित द ब्रिटिश कलेजले शैक्षिक सञ्जाल यूएईको दुवई र बेलायतमा समेत गर्दै आएको छ ।

















उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान
दिउँसो २ बजेसम्म ३३ प्रतिशत मतदान
परिवर्तनको आशा बोकेर मतदान
एमाले नेता पोखरेलले गरे मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया