आर्मी र सुदूरपश्चिम फाइनलमा
मेरोन्यूज
२०७८ माघ ७ गते २०:३२

काठमाडौं । नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साबिक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित ग¥यो ।
आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र नीलिमा पाण्डेले गोल गरे । सीता ‘वुमन अफ द म्याच’ घोषित भइन् ।
वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई २–० गोलले हरायो । लक्ष्मी बम र ‘वुमन अफ द म्याच’ सुनिता नेगीले गोल गरे ।
फाइनल शनिबार हुने छ । शनिबारै गण्डकी र मधेस पनि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सम्बन्धित


















गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
गृहमन्त्री गुरुङमाथि तत्काल छानबिन गर्न कांग्रेसको माग
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया