साहसिक पर्यटनको केन्द्र पोखरामा थपियो ‘जायन्ट स्विङ’

पोखरा । प्राकृतिक रुपमा सुन्दर पर्यटकीय नगरी पोखरामा पछिल्लो समय साहसिक खेलका विविध विधा थपिएका छन् ।
हिमश्रृखङ्ला, ताल तलैया तथा मिलेको बस्तीले सजिएको पोखरामा पछिल्लो समय साहसिक खेलका गतिविधि थपिँदै गएका छन् ।
पोखरामा प्याराग्लाइडिङ, स्काइ डाइभिङ, अल्ट्रालाइट, हट एयर बेलुन, बन्जी जम्प, जिप फ्लायर, राफ्टिङलगायत उपलब्ध रहेको शहर पोखरामा पछिल्लो समय “जायन्ट स्विङ” पनि थपिएको छ ।
पोखरा महानगरपालिका–२५ हेम्जामा सन् २०१२ मा साहसिक खेल भित्र्याएको हाइग्राउण्ड एडभेन्चर्सले पछिल्लो पटक रु दुई करोड लगानीमा जायन्ट स्विङ भित्र्याएको हो ।
एकैपटक तीन जना खेल्न मिल्ने यस स्विङ नेपालमै पहिलो भएको प्रालिका प्रबन्ध निर्देशक दिनेश महर्जनले जानकारी दिनुभयो । तीन मिनेटमा खेल्न मिल्ने यो स्विङ (पिङ) जमिनबाट १०० मिटरमाथि पुगेर छोडिन्छ ।
सुरक्षा उपकरणको प्रयोगसहित खेलिने यसमा साहसिक खेलप्रति रुची राख्ने १० वर्षभन्दा माथिको उमेरकाले मज्जा लिन सक्नेछन् ।
प्रालिले यसअघि सन् २०१२ मा पहिलोपटक ‘वल्र्ड क्लास जिपलाइन’ भित्र्याएको थियो । त्यसको डेढ वर्षपछि बञ्जी जम्प सञ्चालनमा ल्याएको कम्पनीले अहिले जायन्ट स्विङलाई साहसिक खेलको गतिविधिमा समेटेको हो ।
‘मानिसको रुचि सधँै एकैनास हुँदैन साहिसक खेल प्रेमीहरु झन् ‘भेराइटी एक्टिभिटि’ मा रुचि राख्ने भएकाले त्यसैलाई मध्यनजर गरेर जाइन्ट स्वीङ सञ्चालनमा ल्याएका हौँ’ महर्जनले भने ।
कोरोनाले सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकले पनि साहसिक गतिविधि रोज्न र रमाउन थालेपछि यस क्षेत्रमा लगानी विस्तार गरिएको उनको भनाइ छ । उनका अनुसार साहसिक खेलका लागि चार युवाले रु २५ करोड बढी लगानी गरेका छन् । यस कम्पनीले केही समयपछि अर्को एड्भेन्चरको रुपमा ‘एटीभी बाइक’ पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसपछि यी सबै साहसिक खेललाई प्याकेजमै खेल्न चाहानले १० हजार शुल्क तिर्नुपर्ने हुन्छ ।
प्राकृतिक सुन्दर एवं अनुकूल मौसमका कारण सबैको रोजाइको शहर बनेको पोखरामा साहसिक गतिविधि थपिँदै जानु सकारात्मक भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइ बताउँछन् । ‘पोखरा सबै खालका पर्यटकको सहर हो, साहसिक गतिविधिले पर्यटलाई आफ्नो रुचिअनुसार मनोरञ्जन प्रदान गर्ने अवसर मिल्छ’, उनले यस्ता गतिविधिले पोखराका पर्यटन प्रवद्र्धन र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कोरोनापछि मानिसले शारीरिक र मानसिक स्फूर्तिका गतिविधि खोज्ने थालेकाले अब नयाँ पर्यटकीय गतिविधि आवश्यक हुँदै गएको उनको भनाइ छ । पोखरामा पर्यटकले मनोरञ्जनका लागि गर्ने साइकलिङ्, बोटिङ, घोडा सवारी, जलयात्रा (¥याफ्टिङ्ग) तथा कायाकिङ्गले पनि यस क्षेत्र साहासिक खेलको मुख्य गन्तब्य बन्दै गएको छ ।
पोखरामा सन् १९९६ मा एभिया क्ललले अल्टालाइट भित्र्याएको हो । पुतली जहाजसमेत भनेर चिनिने अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालित छ । पोखरा १७ रातो पैह्रोमा बञ्जी नेपाल एडभेन्चरर्स प्रालिले रु आठ करोडको लगानीमा बञ्जी जम्प सञ्चालन गरेको छ ।
पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बेलुनको उडान सुरु भएको हो । पोखरामा विरु बमजमले सन् १९९६ मा बेलायतका नागरिक एडम हिललाई नेपाल ल्याएर प्याराग्लाइडिङ्गको शुरुआत गरेका थिए । पोखरामा ६० वटा प्याराग्लाइडिङ्ग कम्पनी सञ्चालनमा छन् ।
त्यसैगरी साहसिक खेल पारखीको रोजाइमा क्यानोनिङ पनि पर्दछ । माछापुच्छ«े गाउँपालिका–९ ल्वाङघलेलको कुदी छहरामा रहेको पोखरा क्यानोनिङ सन् २०१४ बाट सञ्चालनमा आएको हो ।
गण्डकी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका ११ जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर ११० वटा नयाँ पर्यटकीयस्थल सार्वजनिक गरेको छ भने साहसिक पर्यटकीय गन्तव्यसमेतलाई सूचीकृत गरेको छ ।
माछापुच्छ्र«े, अन्नपूर्णसहितका हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिने साथै ताल तलैया एवं धार्मिकरुपले पनि उस्तै महत्व राख्ने पोखरा पछिल्लो समय साहसिक खेलको शहरका रुपसमेतमा आफ्नो परिचय थप्दै गएको पर्यटन व्यवसायी एवं पोखरा ल्टालाइटका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठ बताउँछन् । (रासस)

















Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
PM Karki, her Qatari counterpart hold phone talks, discuss Nepalis’ security in West Asia
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
प्रतिक्रिया