सात वर्षदेखि होटल रेष्टुरेन्टमा जान्थ्यो गुणस्तरहीन मह

काठमाडौं । काठमाडौँमै एक व्यक्तिले श्रीमतीको नाममा उद्योग दर्ता गरी खान अयोग्य (गुणस्तरहीन मह) बनाएर विक्री गर्ने गरेको खुलेको छ ।
ती व्यक्तिले विगत सात वर्षदेखि नै यसरी खान अयोग्य मह खुवाउँदै आएको फेला परेको छ । उनले विशेषगरी होटल रेष्टुरेन्टमा उक्त मह पठाउने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
मिसावट गरी गुणस्तरहीन मह उत्पादन तथा बिक्री गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२७ ज्याठा बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–६ का नतिजा प्याकेजिङका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले मिसावट गरी गुणस्तरहीन मह बनाइरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट गुणस्तरतहीन तयारी मह ६०० किलो, मह बनाउन प्रयोग गरिने कच्चा छ हजार ५०० किलो, ग्लुकोज ५०० किलो, चिनी १०० किलो, एक÷एक थान तौल मेसिन, लेभल मेसिन, सिल मेसिन, पेट्राइज मेसिन, स्टोरेज मेसिन, स्पर्स हनीका लेभल र एक हजार पिस जार बरामद गरिएको छ ।
उनले काठमाडौँ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेन्टमा थोक तथा खुद्रा बिक्री वितरण गर्ने गरेको पाइएको छ । मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गर्ने गरेका थिए ।
गुणस्तरहीन मह बनाइ प्रतिकेजी रु ६५० मा बिक्री गर्ने गरेको पाइएको महाशाखाले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गर्दा महमा न्यूनतम मापदण्डअनुसारको नरहेको र खान योग्यसमेत नरहेको पाइएको छ ।
उनलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाइएको महाशाखाले शुक्रबार एक सूचना जारी गरी जनाएको छ ।

















Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
PM Karki, her Qatari counterpart hold phone talks, discuss Nepalis’ security in West Asia
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
प्रतिक्रिया