सर्वदलीय बैठकबारे कुनै जानकारी छैन : नेकपा एमाले
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वदलीय बैठकबारे कुनै जानकारी प्राप्त नभएको बताएको छ । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहानका लागि सर्वदलीय बैठक बोलाएका थिए ।
प्रधानमन्त्री देउवाको सचिवालयले एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने दललाई बैठकमा बोलाएको बताएको थियो । तर, एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालद्वारा जारी सूचनामा ‘प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा एमालेलाई कुनै जानकारी प्राप्त नभएको स्पष्ट पार्दछौं ।’
यो सूचना एमालेको आधिकारिक फेसबुक पेजमा राखिएको छ । एमालेले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा एमालेको किमार्थ सहमति नहुने धारणा स्पष्ट नै रहेको बताएको छ ।
प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया