आहा रारा गोल्डकपमा पाहुना टोली पराजित
एपीएफको अपराजित यात्रा कायमै

पोखरा । नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनलमा बीवाईएससी मिनेसोटा युएसए (अमेरिका)लाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।
एपीएफका लागि रबी थिङले २ तथा आभास लामिछानेले एक गोलको योगदान दिए । मिनेसोटाका लागि मिगल पेलाफक्स एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुआतमै बीवाइएससीले अग्रता बनाएको थियो । खेलको ४७औं मिनेटमा रिले उरीको क्रसमा मिगल पेलाफक्सले हेडरमार्फत गोल गर्दै बीवाइएससीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७०औं मिनेटमा आवास लामिछानेले पेनाल्टीमा गोल गर्दै एपीएफलाई १–१ बराबरीमा पु¥याएका थिए ।
त्यसपछि सुपर सबको रूपमा मैदान प्रवेश गरेका रबी थिङ नायक बने । खेलको ८४औं र इन्जुरी समयको चौथो मिनेटमा मा रबीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–१ को जित दिलाए । खेलमा थिङ नै म्यान अफ दी म्याच भए ।
अब एपीएफले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । आइतबारको खेल नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच हुनेछ ।


















गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
गृहमन्त्री गुरुङमाथि तत्काल छानबिन गर्न कांग्रेसको माग
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया