पुल अतिक्रमण गरी सटर बनाएर भाडामा
काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका २ हाँडेभिरमा सडक र मोटरेबल पुल अतिक्रमण गरी टहरा बनाएर सटर भाडामा लगाइएको छ । सडक र पुलको क्षेत्राधिकार अतिक्रमण गरेर निर्माण भएको टहरा हटाउन नगरपालिकाले दिएको निर्देशन पालना भएको छैन ।
टहरा बनाएर भाडामा लगाउने व्यवसायी कुलप्रसाद घर्ती र नगरपालिकाबीच भएको सम्झौताको अवधि एक वर्षअघि नै सकिएको थियो । बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–२ हाँडेभिर र ७ को सिमाना भएर बग्ने म्याग्दी नदीमाथि रहेको मोटरेबल पुलसँगैको जग्गा व्यवसायी घर्तीले विसं २०७२ माघ १ गते वार्षिक १० प्रतिशतका दरले बढ्ने गरी पाँच हजार तिर्ने गरी पाँच वर्षका लागि भाडामा लिएका थिए ।
पुलमुनि कृषि औजार कारखाना चलाएका उनले पुलसँग जोडेर बनाएको टहरामा सटर हालेर होटल, रेष्टुरेन्ट र किराना पसल सञ्चालकलाई भाडामा लगाएका हुन् । सम्झौताविपरीत पुलसँग जोडी संरचना निर्माण गरेको र निर्धारितभन्दा बढी जग्गा प्रयोग गरेको भन्दै नगरपालिकाले विसं २०७७ माघदेखि सम्झौता रद्द गर्ने निर्णय गर्दै ३० दिनभित्र खाली गराउन निर्देशन दिएको थियो ।
बेनपा २ का वडाध्यक्ष हीराबहादुर थापाले कार्य पालिकाको बैठकले गरेको निर्णय अटेर गरेर व्यवसायी घर्तीले आफूखुशी सार्वजनिक जग्गामा संरचना बनाएर अतिक्रमण गरेका बताए । “हामीले संरचना हटाउन भनेर ताकेता गरेका छौँ”, उनले भने, “अटेर गरेर खाली गर्नुभएको छैन ।”

















एमाले नेता पोखरेलले गरे मतदान
तनहुँमा किरियापुत्रीले गरे मतदान
राष्ट्रपति र उपराष्ट्रपति किन मतदानमा सहभागी भएनन् ?
सैन्य विमानमार्फत मध्यपूर्वबाट आफ्ना नागरिकको उद्वार गर्दै अष्ट्रेलिया
इरान–इजरायल युद्ध फैलिँदै
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया