बिहीबार, पुष १०, २०८२

सुनको मूल्यमा गिरावट, आजको मूल्य कति ?

मेरोन्यूज २०७८ माघ ९ गते ११:२९

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य प्रतितोला ३०० ले घटेको छ । गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलामा ९३ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया