बालुवाटार जग्गा प्रकरणमा ओलीले भने : उन्मुक्ति दिन खोजियो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले ललित निवास (बालुवाटार) जग्गा प्रकरणका दोषीलाई सरकारले उम्मुक्ति दिन खोजेको आरोप लगाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिना पार गरेको विषयमा अवधारण सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले ललिता निवासको १४३ सरकारी जग्गा हिनामिनामा संलग्नलाई सरकारले उन्मुक्ति दिन खोजेको आरोप लगाएका हुन् ।
अवधारण पत्रको १३ औँ बुँदामा भनिएको छ, ‘ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिनासँग सम्बन्धित विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई वर्षभन्दा बढी समय लगाएर गरेको अनुसन्धान र त्यसमाथि आधारित भएर अगाडि बढाइएको मुद्दालाई ’थप अनुसन्धान का नाममा सरकारी वकिल कार्यालयमार्फत फिर्ता गराएर सरकारी सम्पत्ति हिनामिनामा संलग्नहरूलाई उन्मुक्ति दिने खतरनाक प्रपञ्च गरिएको छ ।’
तर, राजनीतिक इबी साध्न र शुभलाभका लागि ’ब्ल्याकमेल’ गर्ने, उद्यमी–व्यवसायीलाई तर्साउने, बार्गेनिङ गर्ने र मुख्य मुद्दाहरूलाई ओझेलमा पार्ने कुरा एमालेलाई स्वीकार्य हुन नसक्ने ओलीको भनाई छ ।













काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
जनमुक्ति मार्ग निर्माणले लियो गति
आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया