राप्रपाले निर्वाचन आयोगको निर्देशन नमान्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगको निर्देशन नमान्ने भएको छ ।
राप्रपा पदधिकारीको वैठकले आयोगको निर्देशन नमान्ने निर्णय गरेको हो ।
पदाधिकारी वैठकपछि राप्रपा महामन्त्री भुवन पाठकले विज्ञप्ति जारी गर्दै राप्रपाको विधानको प्रस्तावनामा भएको ‘सनातन हिन्दुराष्ट्र एवम् राजसंस्थासहितको प्रजातन्त्र’को मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धि ऐन २०७३ विपरित भएको भन्दै निर्वाचन आयोगले सच्चाउन आग्रह गरेको थियो ।
राप्रपाले भने आयोगको निर्देशन नै संविधान विपरित भएको दाबी गरेको छ ।
यस्तै, निर्वाचन आयोगले पार्टीको झण्डाबाट गाई चिन्ह हटाउन भनी गरेको आग्रहलाई पनि राप्रपाले अस्वीकार गरेको छ । सोही चिन्हबाट गत तीनै तहको निर्वाचनमा भाग लिएको भन्दै राप्रपाले आयोगको निर्देशन पूर्वाग्रहीपूर्ण भएको आरोप लगाएको छ ।

















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया